RSS

महाकाव्य सम्बन्धी पूर्वीय परिभाषा

12 Oct

रामचन्द्र पौडेल
कविता विधामा सान्यत: स्वीकारिने पाँच उत्तरोत्तर विस्तारित श्रेणीहरूमध्येका वृहत् तथा वृहत्तर, बृहत्तम दुबै रूपको संज्ञा होमहाकाव्य। प्राकृत परम्परामा पाँच सन्धिभन्दा केही कम (चार) सन्धि लिने काव्य पनि अझै देखा पर्छ भने संस्कृतपरम्परामा सकलकथा का सामान्य महाकाव्य आर्ष महाकाव्य पनि छन् । आनन्दवद्र्धनले प्रबन्धकाव्यमा कथावस्तुको सृदृढ योजना र रसप्रतिपादन हुनुपर्छ भनेका छन् । कथावस्तुअन्तर्गत नाटककाव्य सन्धि र सन्ध्यङ्गको प्रयोग यसमा पनि अनुकूल अलङ्कारहरूको प्रयोग हुनुपर्छ भन्ने उनको विचार पाइन्छ । वास्तवमा एउटा कथात्मक गठन र  गुम्फन हुन्छ। यसरी कथात्मक ढाँचामा जीवन र जगत्को विशद् पक्षको काव्यात्मक प्रस्तुति हुन्छ। प्रवन्धकाव्यलाई दुई रूपमा विभाजन गर्न सकिन्छ (१) महकाव्य (२) खण्डकाव्य। यहाँ खण्डकाव्यभन्दा महाकाव्यसम्बन्धी सन्दर्भ अपेक्षित भएकाले त्यसमै केन्द्रित हुनु उपयुक्त हुन्छ।
महाकाव्यसम्बन्धी पूर्वीय मान्यताहरूको विषयमा खोजमेल गर्ने हो भने यस सम्बन्धमा सर्वप्रथम कलम चलाउने पूर्वीय आचार्य भामह (छैटौं शताब्दी), रुद्रट (सातौँ शताब्दी), दण्डी (आठौँ शताब्दी), हेमचन्द्र (बाह्रौँ शताब्दी) र विश्वनाथ (चौधौ शताब्दी) ले महाकाव्यको स्वरूप रपरिभाषा एवं सम्बन्धबारे चर्चा गरेको देखिन्छ, यसमा भामह र दण्डीको विचार उल्लेख्य छ । जसलाई संक्षेपमा यहाँ प्रस्तुत गरिन्छ। अचार्य भामहले महाकाव्यमा जीवनका विविध रूप र कार्यहरूका वर्णन भएको लामो कथानक हुनुपर्छ भनेका छन् । महान्कार्यको प्रस्तुति गर्ने महान् चरित्र भएको व्यक्ति यसका नायक हुनुपर्छ । यसमा नाटकका पञ्चसन्धिहरू आवश्यक हुन्छन् र सर्गहरू आबद्धभएको हुनुपर्छ । महाकाव्यको भाषाशैली शिष्ट, विशिष्ट पदविन्यास र अलङ्कारयोजनाले आबद्ध हुनुपर्छ र यो सुखान्त हुनुपर्छ भनेका छन् । नायकको अभ्युदय र विजयको वर्णन पनि हुन आवश्यक छ । दूतसन्देश, यात्रावर्णन, युद्धआदेशको वर्णन हुनुपर्छ भन्ने भामहको कथन छ । नायकको लागि महान् व्यक्तिको चरित्र र महान् कार्यको प्रस्तुति हुनु आवश्यक छ । (भामह, काव्यालङ्कार, : १९२१)
भामहपछि आचार्य रुद्रटले पनि काव्यालङ्कार (रुद्रालङ्कार) नामक ग्रन्थमा महाकाव्य सम्बन्धी आफ्ना चिन्तन अघि सारेको देखिन्छ। उनले महाकाव्यका सन्दर्भमा यस्ता धारणा व्यक्त गरेका छन्महाकाव्यमा उत्पाद्यअनुत्पाद्य दुवै लामा पद्यबद्ध हुनुपर्छ र यसमा प्रसङ्गअनुसार अवान्तर कथा अर्थात् पुराण र कथा, आख्यायिका वा तत्व हुनु पर्दछ । कथा सर्गबद्ध नाटकीयतत्व युक्त हुनु पर्दछ यसमा जीवनको समग्रताको चित्रण कुनै घटनाप्रधान युद्ध वा साहसिक कार्य आदिको आश्रयले अलङ्कृत वर्णन, प्रकृतिचित्रण, विभित्र नगर, देश, भुवन, स्वर्ग, नदीको वर्णनविधान हुनु पर्दछ। महाकाकाव्यका नायक द्विजकुलोत्पत्र, सर्वगुणसम्पत्र, महान वीर, विजिगीषु, शक्तिमान्, नीतिज्ञ र कुशल राजा हुनु पर्छ । यसमा प्रतिनायक र त्यसको कुलको पनि वर्णन हुन्छ। कथानक कल्पित वा अकल्पित जुनसुकै भए पनि महान् हुन्छ। यस कथानकभित्र अवान्तर कथाहरू पनि समाविष्ट हुन सक्छन् । यसले युगजीवनका विविध पक्षको चित्रण गर्दछ। नायक सर्वगुण सम्पन्‍न, द्विज कुलोत्पन्न, शक्तिमान,नीतिज्ञ र कुशल राजा हुनुपर्छ। महाकाव्यमा प्रतिनायक र त्यसका कुलको पनि वर्णन हुन्छ। अन्तमा नायकको विजय देखाइन्छ, प्रतिनायकको हैन। महाकाव्यमा कुनै महत् उद्देश्य,चतुर्वर्ग फलप्राप्तिका साथमा सबै रस पनि हुनु पर्छ र रसात्मकता, एकोद्देश्यता अभित्र रूपम प्राप्ति भएको हुनु पर्दछ । महाकाव्यमा अलौकिक र अतिप्राकृतिक तत्व पनि हुन्छन् तर मानिसबाट गरिएको असम्भव अस्वाभाविक घटना हुनु हुँदैन (रुद्रट, २०३२ : ५७)। रुद्रटले नायक र कथा तथा उपकथाका सम्बन्धमा नयाँ कुरा उल्लेख गरेको देखिन्छ।
रुद्रटपछि आचार्य दण्डीको विवेचनामा विस्तृतता पाइन्छ। दण्डीले महाकाव्यमा कथावस्तु, नायक, रस, चतुर्वर्गमा एउटाको  प्राप्‍ति प्राकृतिक वर्णन, अलङ्कारको प्रयोग, छन्द योजना र सर्गबद्धता हुनुपर्छ भनेका छन्। कथावस्तुको आधारको रूपमा ऐतिहासिक सदाश्रित हुनुपर्छ भन्ने दण्डीको भनाइ छ। गठनको सन्दर्भमा नाटकीय सन्धिले युक्त भएको श्रृङ्खलाबद्ध कथावस्तुको पक्षमा उनले आफ्नो  विचार व्यक्त गरेका छन्। महाकाव्यको प्रारम्भ मङ्गलाचरणअन्तर्गत आशीर्वादात्मक, नमस्कारात्मक र वस्तुनिर्देशात्मक हुनुपर्छ भन्ने दण्डीको कथन पाइन्छ।  सर्गबद्धताको क्रममा सर्ग ज्यादै ठूलो हुनु हुँदैन भन्ने पनि उनको विचार छ। उदात्त गुणले युक्त नायकको कल्पना पनि दण्डीले गरेका छन्। महाकाव्यमा रसको लागि उनले विप्रलम्भ श्रृङ्गारलाई महत्व दिएका छन्। महाकाव्यको उद्देश्यमा धर्म, अर्थ, काम र मोक्षमध्ये एउटाको प्रतिपादन हुनुपर्छ भन्ने दण्डीको कथन छ। त्यस्तै महाकाव्यमा छन्दप्रयोग र सर्गान्तमा छन्दपरिवर्तनको आवश्यकतामा दण्डीले जोड दिएका छन्। उनको कथनानुसार  प्रकृतिवर्णनअन्तर्गत विभिन्न ऋतु, पर्वत, नगर, समुद्र, बगैँचा, जलविहार, उत्सव, सूर्योदय आदिको वर्णन छ।(दण्डी, काव्यदर्श, : १६२१)
नवौं शताब्दीका ध्वन्यालोक ग्रन्थ प्रस्तुत गर्ने आनन्दवर्धन र दसौं शताब्दीमा त्यसै ग्रन्थको टीका लेख्ने अभिनव गुप्तले पद्यकाव्यका प्रभेद देखाएका छन्। तीमध्ये नवौं प्रभेद सकलकथामा ललित महाकाव्यका र दसौं प्रभेद सर्गबन्धमा आर्ष महाकाव्यका लक्षको निर्देश सूत्रात्मक रूपमा गरेको छनक मिल्छ।  यी दुबै विद्वान्हरूले महकाकव्यका प्रयोगगत रूढीबाट अभिप्रेरित थप लक्षणहरू भने बताएनन्। यसो भए पनि तिनले ध्वनिवादको स्थापना गर्ने क्रममा प्रबन्धकल्पना सम्बन्धी मान्यताको चर्चा गर्दा प्रबन्धात्मक रसाभिव्यक्तिका निम्ति सुन्दर मूलकथाको निर्माण, त्यस कथाको रसानुकूलता, त्यसमा रहनुपर्ने सन्ध्यङ्ग (पञ्चसन्धि) को सङ्गठन, त्यसका खासखास स्थलमा आवश्यकता अनुसार गरिनुपर्ने विशेष रसहरूको उद्दीपन र प्रकाशन अनि प्रधान रसको खोज तथा रसानुकूल अलङ्कारविधानको अपेक्षा (ध्वन्यालोकतृतीय उद्योत, कारिका १०१४) जस्ता जुन विशिष्टताहरूको उल्लेख गरेका छन्। तिनले महाकाव्यात्मक प्रवन्धकल्पनालाई नै औँल्याएको  बोध हुन आउँछ। यहाँनेर आनन्दवर्धनले प्रतिपादन गरेको ध्वनिवादी चिन्तनका प्रतिक्रियास्वरूप आचार्य कुन्तक (दसौं शताब्दी) ले स्थापित गरेको वक्रोक्तिवाद अन्तर्गत निरूपित प्रवन्धवक्रतासम्बन्धी मान्यताले पनि प्रबन्ध काव्य (महाकाव्य) लाई नै काव्यको सर्वश्रेष्ठ प्राप्ति (‘‘प्रबन्धेषु कविन्द्राणां कीर्तिकन्देषु किं पुन: वक्रोक्तिजीवितं ४, 26: ४३) ठह¥याएको कुरो पनि स्मरणीय नै छ
महाकाव्य चिन्तनको क्षेत्रमा कलम चलाउने आचार्यमा हेमचन्द्र देखा पर्दछन्। उनले काव्यानुशासन नामक ग्रन्थमा महाकाव्यलाई परिभाषित गरेको देखिन्छपद्यबद्ध रूपमा प्रायः संस्कृत, प्राकृत, अपभ्रंश, अग्राम्य भाषामा विभिन्न कथानकलाई लिएर शब्द वैचित्, अर्थ वैचित्, रसयुक्त, छन्दोबद्ध एवम् लोक रञ्‍जक गुण बोकेको काव्य नै महाकाव्य हो (हेमचन्द्र, सन् १९३४: ३९५) भनेका  छन्।
संस्कृत महाकाव्यचिन्तनका परम्परामा देखा परेका अन्तिम महान् विद्वान आचार्यविश्व नाथ हुन्। उनले आफ्नो साहित्यदर्पण भन्ने ग्रन्थमा काव्यका भेदोपभेदको लक्षण निर्देश गर्दा महाकाव्यका पद्यप्रबन्धको एक प्रकारका रूपमा रहेको महाकाव्यका लक्षणपूर्वक उल्लेख गरेका छन्। यिनी खासगरी आपूmभन्दा पूर्ववर्ति आचार्य दण्डीबाट प्रभावित भएर महाकाव्यको चर्चा गर्छन्। उनले प्रस्तुत गरेको महकाव्य सम्बन्धी परिभाषा यस प्रकार छ
महाकाव्य सर्गबद्ध हुन्छ यसमा देव सत्वंशीय क्षेत्रीय वा धीरोदात्त प्रकृतिको कुनै कुलीन राजा वा एकै कुलका धार्मिक धेरै राजा पनि नायक हुन सक्छन्। यसमा श्रृङ्गार, वीरशान्त मध्ये कुनै एक रसलाई मुख्यरसका रूपमा व्यक्त गरी अरु सबै रसलार्ई अङ्गीरसको रूपमा प्रस्तुत गर्नुपर्दछ। यसमा सबै नाट्यसन्धिको प्रयोग हुनुपर्छ। यसको कथावस्तु इतिहासमूलक र अन्य सज्जनाश्रित हुनुपर्छ भने त्यसमध्ये कुनै एकलाई फलकाव्यको थालनी नमस्कारात्मक, आशीर्वादात्मक, वस्तुनिर्देशात्मक हुनुपर्छ। यसमा खलपात्रको निन्दा र सत्पात्रको प्रशंसा गरिनुपर्छ। यसमा आठभन्दा बढी सर्ग होऊन् ती न छोटा वा नाना छन्दको प्रयोग गरिएपछि अन्त्यमा छन्द परिवर्तन गरियोस। सर्गान्तमा भावी कथाको सङ्केत पनि दिइयोस् । यसमा सूर्य, चन्द्र, रात्री, प्रदेश, अन्धकार, दिन, प्रातकाल, मध्याह्न, सिकार, युद्ध, पर्वत, ऋतु, वन, समुद्र, सम्भोग वा विप्रलम्भ श्रृङ्गार, मुनि, स्वर्ग, पुर, यज्ञ, यात्रा, विवाह, कुमारजन्म आदि उचित विषयको मनोहर वर्णन गर्नुपर्छ । ग्रन्थ वा महाकाव्यको नाम कवि, नायक, प्रतिनायको नाम वा कथात्मक घटनामा आधारित हुनुपर्छ भने अवान्तरमा  सर्गको शीर्षक विषय अनुसार राख्नु पर्छ (विश्वनाथ, साहित्यदर्पण, ,३१५३२८: ५४९५५१) ।
यस प्रकार विश्वनाथको महाकाव्यमान्यता सबभन्दा पछिल्लो रूपमा देखा पर्दछ। यिनी चौधौँ शताब्दिका काव्यशास्त्रीय विद्वान् मानिन्छन् । यतिखेर संस्कृतमा वक्रमार्गी महाकाव्यको युग समाप्त भएको थियो। यिनले आर्ष महाकाव्यलाई त्यति हेरेनन् र वैचित्यमार्गी काव्यका आधारमा यिनले महाकाव्य सिद्धान्तको निर्माण गरे। यिनको परिभाषा १४ श्‍लोकमा फैलिएको विस्तृत रूपको देखापर्छ  संस्कृत महाकाव्यमा ह्रासका कारणहरू (प्रतिभा, पाण्डित्य र कलात्मकताको कमी) पनि त्यहाँ साङ्केतित छन्। भामह र दण्डीजस्तै महाकाव्यलाई यान्त्रिकताको खुराक यिनले पनि दिएनन् भन्‍न सकिन्‍न
विश्‍वनाथपछि संस्कृत साहित्य परम्पराका अन्तिम आचार्यका रूपमा जगन्‍नाथ देखा पर्छन्। तर, महाकाव्यका सम्बन्धमा उनको ठोस चिन्तन देखिँदैन। उनले रसगङ्गाधरमा काव्यका लक्षण, भेद एवं रसका विषयमा चर्चा गरे पनि महाकाव्यका सम्बन्धमा उनको ठोस परिभाषा पाउन सकिन्न । उनले दिएको  काव्य परिभाषा यस्तोछ रमणीयार्थप्रतिपादक शब्द काव्य: अर्थात् रमणीय  अर्थ  प्रदान गर्ने शब्द नै काव्य हो (जगन्‍ना, सन् १९५५: १) ।
यस प्रकार पूर्वीय सबै विद्वान र विश्‍वनाथका मान्यताहरूलाई हेर्दा के प्रष्ट हुन्छ भने यिनले त्यति आधारभूत मान्यता दिएनन्। अङ्गीरस र एक वर्गको विशेष प्राप्ति भनाइ मात्रै यिनको आधारभूत चेत रह्यो।  समग्रमा भत्रुपर्दा भामह कम रूढीग्रस्त, कम समसामयिकताबाट प्रभावित विस्तृत आबाज छन् भने त्यसपछिका उल्लेख्य आबाज रूद्रट हुन्। दण्डी तथा विश्वनाथ थोरै मात्रमा उल्लेख्य हुन पुगेको तथ्य स्मरणीय छ। महाकाव्यका सम्बन्धमा महत्वपूर्ण व्याख्या र विश्लेषण गर्ने समालोचकहरूमा भामह, दण्डी, रुद्रट, हेमचन्द्र र विश्वनाथ देखिन्छन् । उनीहरूका अवधारणालाई समेटेर महाकाव्यको परिभाषा यसरी दिन सकिन्छ
महाकाव्य सर्गबद्ध, छन्दोबद्ध र पञ्‍चसन्धियुक्त त्यस्तो अलङ्कृत भाषिक संरचना हो जसमा ख्यात वा कल्पित विषयवस्तुको उपयोग गरी कुनै महान् सत्पात्रको चरित्रचित्रण र चतुर्वर्गको अभिव्यक्तिमा रसभावनिरन्तरता कायम राखी नायकाभ्युदय वा जीवनको सुखन्तताको अभिव्यक्ति गरिन्छ। (महादेव अवस्थी, आधुनिक नेपाली महाकाव्य र खण्डकाव्यको विमर्श, २०६४:२२)
यसरी महाकाव्यसम्बन्धी पूर्वीय परिभाषा विभिन्‍न विद्वानहरूले दिएका छन्। महाकाव्यको सत पक्षको प्रशंसा र असत पक्षको निन्दामा जोड दिए पनि त्यसले समाजलाई मर्यादाको पथमा लैजान महत्वपूर्ण भूमिका खेल्नुपर्छ भन्‍ने सन्देश दिन सफल भएको छ। 

(अन्त्यारम्भ महाकाव्यको कृतिपरक अध्ययन शीर्षकको शोधपत्रको अंश)

 
Leave a comment

Posted by on October 12, 2011 in Criticism

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: