RSS

यसरी बढिरहेछ धनी र गरीबबिचको खाडल

- उद्धव प्याकुरेल

नेपालगंजबाट सुर्खेतको १०२ किलोमिटरको दूरीमा यदि माइक्रो बसबाट यात्रा गर्ने हो भने २२५ रुपैया भाडा लाग्छ । यस्तै एक यात्राका क्रममा करिव १७ जना यात्रीहरुमध्ये ९ जनाले प्रतिव्यक्ति रु. १६० का दरमा टिकट कटाएका रहेछन् । तीनजनाले विधार्थी सहुलियत भनेर रु. १५० रुपैयामात्र तिरेका र बाँकी ५ जनाले मात्र पूरा भाडा अर्थात रु. २२५ नै भाडा तिरेका थिए । ती यात्रीहरूको सामाजिक आर्थिक स्थितीलाई केलाउँदा पहिलो नौं जना जागिदारहरु, तीन विधार्थिहरुमध्ये सवै नै एम.ए.मा अध्ययनरत र बाँकी पाँचजना गरीब ”गाँउलेहरु“ थिए ।

संयोग भनौ म त्यतिबेला समिर दासगुप्ता र रे किलीको “ग्लोवलाइजेशन एण्ड आफ्टर” भन्ने किताब पढ्दै थिएँ । विश्व वैंकका एकजना विख्यात् अर्थशास्त्रिको हवाला दिएर दासगुप्ता र किलीले आफ्नो किताबको परिचयमा लेख्छन्, विश्वका एक प्रतिशत धनीहरुले ५७ प्रतिशत गरीबको बराबर आम्दानि गर्दछन् । संयुक्त राष्ट संघीय विकास कार्यक्रम, युएनडिपिको मानव विकास प्रतिवेदन २००३ ले अफ्रिका र युरोपको प्रतिव्यक्ति आम्दानिलाई तुलना गरी लेख्छ, सन् १९२० मा युरोपको प्रतिव्यक्ति आम्दानि अफ्रिकाको भन्दा ३ गुणामात्र वढि थियो । तर १९९० मा आइपुग्दा त्यो दुरी वढेर १३ गुणामा पुग्यो । यससँगै दासगुप्ता र किलीले यो पनि खुलासा गरेका छन् कि एकातिर विश्वका ५ प्रतिशत गरिवहरु वर्षिक २५ प्रतिशतले आफ्नो आम्दानि गुमाएर अझ गरीव बन्दैछन् भने २० प्रतिशत धनीहरुको वार्षिक १२ प्रतिशतले आम्दानि बढिरहेको छ । उनीहरुले विश्वमा असमानता बढेको त स्वीकारेका छन् र त्यसको कारण नै देशहरको बिचको बढ्दो असमानतालाई मानेका छन् । मलाई बसयात्राको त्यो दृश्यले आत्मग्लानिमात्र भएन पढ्दै गरेको किताबका तथ्यांकहरुपनि याद आए । किताबको निष्कर्षलाई मैले व्यक्तिसंग तुलना गर्ने जमर्को गरेँ ।  यस तथ्यांक र यात्राको घटनाले तत्पश्चातका करिव ४५ दिनको मेरो सुर्खेत र सल्यानका गाँउगाँउको यात्रामा हरेकदिन मेरा मनमा एउटा खुल्दुलीले स्थान पाइरह्यो कि आखिरमा समाजमा धनी कसरी अरु धनी र गरीव झन् गरीव भैरहेछ । त्यसक्रममा संकलित ग्रामिण परिवेशका केही चर्चा गर्नलायक झलकहरु यहाँ छन् जसले गाँउका गरीव कसरी अझै गरीव भैरहेका छन् ?

हामी सबैले अनुभव गरकै कुरा हो कि यातायात भाडा, टेलिफोन महसुल, इन्टरनेट महसुल सबैको दर शहरको तुलनामा गाँउघरमा बढी छ । अर्थशास्त्रको नियमको हवालादिदै भन्ने गरिन्छ कि उपभोक्ता धेरै भएका स्थानमा सामान या सेवाको मूल्य सस्तो हुन्छ । तर त्यो नियम गाँउमा लागु भएको छैन । आज शहरमा व्यक्ति व्यक्तिको हातमा मोवाइल छ, त्यसैले टेलिफोन बूथहरुले काम पाएका छैनन्, तैपनि प्रतिकल २, ३ रुपैयामा कल गर्न पाइन्छ । तर गाँउमा टेलिफोन बूथहरुमा अझै लाइन लागेर पालो कुर्नु पर्दछ । टेलिफोनवाला २४ सै घण्टा सेवाप्रदानमा नै व्यस्त हुन्छन् । तर टेलिफोन शुल्क भने शहरको तुलनामा कमसेकम ३ गुना महंगो छ । इन्टरनेटको कुरा गर्ने हो भने आज १० रुपैया प्रतिघण्टाको सेवा नपाइने शहर विरलै होलान् तर गाँउमा त्यसैकालागि रु. ६० सम्म तिनुपर्छ । यो भइरहेको व्यवसायीले दर थाहा नपाएर पनि होइन, शहरमा भन्दा थप लगानी भएर पनि हैन । तर यो निरन्तर भैरहेकोछ, जसले गरीबलाई झन् गरीब बनाउन सहयोग गरिरहेको छ ।

सामान्यतया वर्तमान सामाजिक संरचनामा दुइटा हिस्साका महत्वपूर्ण भुमिका देखिन्छन्, जसमध्ये एकले यी सवै उपलव्ध श्रोत र साधनको दुरुपयोग या गलत प्रयोग गरको छ र अर्को ती नयाँ सुविधाहरुवाट पिडित भएको छ । पहिलो वर्ग त्यो युवाहरूको हो जुन वर्ग घरपविारको पुरानो पेशामा रम्दैन, ऊ उसका बाबुबाजेले गर्दैआएको कृषि, पशुपालन जस्तो गाँउमा सामान्य जीवन धान्न पुग्ने पेशामा मन दिँदैन । त्यस वर्गका युवाहरुमध्ये प्राय सामान्य पढेलेखेका छन्, जसलाई यस्तो पेशा सानो र निच पनि लाग्छ । त्यसो त समाजले पनि कृषि, पशुपालन जस्तो पुस्र्तौँदेखि गर्दैआएका यी पेशालाई यसरी नै लिएको पाइन्छ र भनिन्छ कि “पढे-लेखेर पनि त्यै काम गर्नेभए किन पढ्ने?” त्यो क्रम अलिक अघिसम्म परिवारका युवामध्ये छोराहरुमा मात्र लागुहुन्थ्यो तर आज क्रमश छोरीहरुमा पनि फैलिँदै गएको छ । जसको प्रभावले आज गाँउमा टेष्ट परीक्षा पास देखि बी.ए. सम्म पुगेका युवाको जमात पूर्ण वेरोजगार छन्, उनीहरु कृषिमा काम गर्दैनन्, घरघन्दामा सघाउँदैनन् र खोजेको जस्तो रोजगारी पनि नमिलेका कारण वेकाम छन् । त्यस स्थितिमा उनीहरु केवुल च्यानलवाट प्रसारित कार्यक्रम हेरेर मनोरञ्जन लिने, नजिकै साइवर भए त्यहाँ गएर च्याट गर्ने, हलमा फिल्म हेर्ने, मोवाइलमार्फत् एस.एम.एस. अनि च्याटमा व्यस्त रहने आदि कार्यमा समय बिताइरहेका देखिन्छन् । उनीहरुमध्ये अधिकांश पुरुषहरुका लागि वैदेशिक रोजगारी र महिलाका लागि राम्रो घरकेटाको खोजिमा समय पर्खनु नै दिनचर्या भएको छ ।

गाँउघरमा अर्को परिवर्तन खानपिनको बानि व्यहोरामा देखिएको छ, जसले प्रत्यक्षरुपमा गरीबि वढाउन सहयोग गरेको छ । हिजोको अधिकांश नेपालीको खाने परिकार आफ्नै खेतवारीको उत्पादन नै गाँउघरको खाना हुन्थ्यो । कतिपय परिवारले धान, गहुँजस्ता सहजै विक्रियोग्य र तुलनात्मक रुपमा मूल्य पनि राम्रै पाइने अन्न-बालीहरु बेचेर नुन-तेल लगायतका लागि आवश्यक खर्च टार्ने र मकै, कोदो, फापर अनि त्यसबाट बनेका परिकार ढिँडो, रोटी, च्याँख्ला इत्यादिमा रमाउने गर्थे । तर आज मकै, कोदोजस्ता कम बजारभाउ पाइने अन्नवालीहरु बेच्ने र महंगो मूल्य पर्ने चामल किनेरै भए पनि भातै खान थालेका छन् । त्यतिमात्र होइन, तरकारीमा करेसाबारीमा उव्जने साग, गुन्द्रुक, इत्यादिको बदला बजारवाट महंगो मूल्यका काउली लगायतका परिकार खोज्ने गरिन्छ । खाजाका कुरागर्दा हिजो भुटेको गहुँ र मकैमा रमाउनेहरुमाझ आज बजारमा देखिने चाउचाउ, समोसा, पकौडा, चाउमिन इत्यादिले जरा गाडेको छ । प्राय केटाकेटी विधालय जान्छन्, उनीहरुलाई दिनको खाजा अर्थात् टिफिन चाहिन्छ र त्यहाँ पनि हिजोको जस्तो खाजाको परिकारले नभएर चाउचाउ, समोसा, पकौडा, चाउमिनमध्ये एक चिज अनिवार्य भएको छ ।

माथि चर्चा गरिएको परिवर्तित सन्दर्भमा सबैका लागि चाहिने एउटै कुरा भनेको पैसा हो । उनीहरूले यी सबैका लागि कसरी खर्च गरिरहेका छन् ? के गाँउवासीको आम्दानि श्रोत पनि हिजोको तुलनामा बढेको छ त ? हो, हातमा नगद भएका केही व्यक्तिहरुले परिवर्तित परिस्थितीलाई अनुकुल बनाउन ससाना होटल, टेलिफोन बूथ, खुद्रा दोकान, साइवर इत्यादिमा लगानी गरेर पहिलाको भन्दा राम्रो जीवन जिउन लागेका छन् । यसबाहेक जसले अन्नबाली उत्पादन गर्ने पुरानो नीतिलाई छाडेर तरकारी तथा अन्य नगदेबाली उत्पादनमा आफूलाई लगाए, ती कृषकहरुले पनि हिजोभन्दा राम्रै आम्दानि गरेका छन् । तर त्यो संख्या निकै न्यून किन छ भने कहिले तरकारीमा लाग्ने नयाँ नयाँ रोगका कारण त कहिले बजारभाउका कारण उनीहरुको आम्दानि त्यति उत्साहजनक छैन । कृषिमा आधरित यसप्रकारको पेशालाई घरमा रहेका युवाहरुले त्यति सहयोग नगर्ने गरेका कारण कमैलेमात्र यसलाई आगालेको पाइन्छ । बरु खाने परिकारमा भएको परिवर्तनले गर्दा राम्रो रकम पाइने अन्नबालीको बिक्री परिणाम कम हुन पुगेको छ, जसको प्रत्यक्ष असर कृषकको आम्दानिमा परेको छ । यस अवस्थामा माथि देखिएको खर्च धान्न कैर्यौ परिवारले आफ्नो जग्गा जमिन बेच्न या बैँक या स्थानीय पैसावालकोमा जग्गा वन्धकीमा राखेर काम चलाउन वाध्य देखिन्छन् ।

गाँउमा अचेल खासगरी केही जग्गा भएका र खानपुग्ने भनाउँदाहरुहरुमा छोराछोरीलाई पढाउने कुरामा एक प्रकारको प्रतिस्पर्धा नै चलेको छ । कम्प्युटर शिक्षाको पनि लहर चलेको छ, गाँउमा । कम्प्युटरको तालिमपश्चात् राम्रो जागिर पाइने सिप भनेर अभिभावकले बुझेका छन् । नगद नभए पनि “भएको जग्गाजमिनले भ्याएसम्म पढाइदिने” भन्ने भनाइहरु अभिभावकहरुबाट प्रसस्तै सुन्न पाइन्छ । यसरी जोखिम मोलेर पढाएकाहरु सबै त सफल हुँदैनन्, जो पढाइसंगै राम्रो नोकरीमा पनि सफल हुन्छ, उसको राम्रो भएको छ, र ऊ चाँडै नै नवधनाढ्यको कोटिमा प्रवेश पनि गरेको छ । तर जसले पढाइमा या नोकरी दुईमध्ये एकमा असफलता हात पार्छ, उसको अगाडि बन्दकिमा दिएको जग्गा अब बैँक या साहुको नाममा नामसारी गरिदिने बाहेक विकल्प रहँदैन । परिणाम, परिवार अब जमिन नहुने या गरीब सुकुम्वासीको श्रेणिमा झरेकोछ ।

यसरी आधुनिकतासंगै गाँउको एउटा हिस्सा आर्थिक रुपमा दिन दुगुना र रात चौगुना अगाडि बढेको पाइन्छ भने अर्को हिस्सा त्यहीँ नै आफ्नो घरखेत गुमाएर अझ गरीब बनेको पाइन्छ । यो पछिल्लो हिस्सा सानो देखिए पनि समाजमा हिजोदेखि नै रहेका गरीब र सुकुम्वासीको हिस्सामा मिल्न जाँदा बिस्तारै ठूलो बनिरहेकोछ । अर्को भुल्न नहुने कुरा यो छ कि, आजको आधुनिकतामा यो गरीबको हिस्सा चैँ दुई कारणले माथि जानै नसक्ने हुदोरहेछ। एक त उनीहरुको पेशामा आउने संकट र अर्को उपभोक्तवादको असर । आधुनिक विकाससँगै जग्गाहिन गरीब गर्ने काम जस्तै भारी बोक्ने, खेतबारीमा खन्ने, जोत्ने कामहरुलाई गाडि तथा आधुनिक मेसिनहरुले प्रतिस्थापन गरिदिएका छन् । अर्को, वल्लतल्ल काम पाएपनि उनिहरु ति कामबाट कमाएको पैसा पनि अचल सम्पत्ति खरिद या वचतमा भन्दा आधुनिकताले सँगै ल्याएका वस्तु तथा सेवाहरु जस्तै टेलिभिजन, मोवाइल, रेफ्रिजेरेटर खरिद गर्न, केवुल टेलिभिजनको बिल, टेलिफोन महसुल इत्यादिमा खर्च गरेर नै उडाइदिन्छन् । माथि नै भनिए अनुसार बदलिएको खाना, बसाइ तथा अन्य खर्चको बानिका कारण उनीहरुमध्ये कमै मध्यम वर्गमा आउछन्, धेरै चैँ गरीबको गरीब नै रहन्छन् ।

यस अवस्थामा सरकारले जे गरे पनि त्यो वर्गलाई छुनै सक्दोरहेनछ । हामीले नै अवलम्वन गरेको नीतिलाई नै हेर्ने हो भने पनि यो देख्न सकिन्छ । विधार्थीलाई भाडामा सहुलियत छ, तर अति गरीबको बच्चा विधालय नै जाँदैनन्, मट्टितेलमा अनुदान छ, तर उनीहरु दाउरा बाल्छन् । रासायिनिक मल, विउविजन इत्यादिमा सहुलियत छ, उनीहरुको खेती गर्ने जग्गा नै छैन ।  समाजमा जागिरे तथा हेर्दा आधुनिक जस्तो देखिनेहरू हाउभाउ देखाएर सहुलियत लिन्छन् । तर ती गरीब किसानहरु कतैको सहुलियत पाउँदैनन् बरु माथि वर्णन गरेको भाडामा झै अरुले लिएको सहुलियतको क्षतिपूर्ति पनि तिनै गाँउले गरीबहरुबाट उठाउने गरेको पाइन्छ । गरीबलाई अरु गरीबितर्फ धकेल्ने माध्यम आधुनिकताले आफूसँगै ल्याएको छ, जसबाट यो समूहलाई बचाउन सामान्य प्रयासले सम्भव छैन ।

[साभार: नेपाल साप्ताहिक, अंङ्क: २९९]

 
Leave a comment

Posted by on March 15, 2013 in EXPRESSIONS

 

छ लेनको सडक: बोकाको मुखमा कुभिन्डो

- मुकुन्दप्रसाद उपाध्याय

हाम्रो भाषा–साहित्यलाई निश्चित उचाइ प्रदान गर्ने एउटा कडी उखान–टुक्का पनि हो । हाम्रो शब्दभण्डारमा उखान–टुक्काहरू पर्याप्त मात्रामा छताछुल्ल भएर बसेका छन् । ती अथाह उखान–टुक्काको सागरभित्रको एउटा गागर हो ‘बोकाको मुखमा कुभिन्डो’ । हाम्रो जीवनको हरेक क्षेत्रमा यो उखान निकै सान्दर्भिक मानिन्छ । यस उखानको तात्पर्य हो कसैलाई हैसियतभन्दा बढी प्राप्त हुनु र त्यसलाई सम्हाल्न नसक्नु ।

हाम्रो देशका लागि देशको पहिलो छ लेनको चिल्लो सडक पनि झन्डै–झन्डै ‘बोकाको मुखमा कुभिन्डो’ प्रतीत हुँदो छ । विश्वमानचित्रमा हामीसँगै स्वतन्त्र भएका राष्ट्रहरूले दस–बाह्र लेनका चिल्ला सडक र फ्लाइओभरहरू बनाउन थालेको यो एक्काइसौँ शताब्दीमा बल्लतल्ल जापान सरकारले निगाह गरेकाले हामीले कोटेश्वरदेखि सूर्यविनायकसम्मको १२ किलोमिटरसम्म छ लेन (चार जोड दुई) को सडकमा गुड्ने सौभाग्य पाएका छौँ । राणाकालीन जुद्धशमशेरको पालामा बनेको सडकलाई आजपर्यन्त ‘नयाँ सडक’ भनिरहने हामी नेपालीका लागि यो छ लेनको सडक ठूलो उपलब्धि नै थियो । आधा घन्टाको बाटोलाई १२ मिनेटमा छिचोल्न सकिन्थ्यो । तर हाम्रो सोच, शैली र सरकारी बकम्फुसे नियमका कारण त्यो सडक ‘बोकाको मुखमा कुभिन्डो’ हुँदैछ । एकातिर हाम्रा सवारी–चालकहरू लेन–ड्राइभिङमा अभ्यस्त भइसकेका छैनन्, जतातिरबाट पनि ओभरटेक गर्ने गर्छन् । अति धीमा गतिमा चल्ने सवारी–साधनले कुन लेन लिने र तेज रफ्तारमा चल्ने सवारी–साधनले कुन लेन लिने, थाहा छैन । लेनमा हुनुपर्ने रफ्तार र पछिबाट पछ्याउने सवारी–साधनको वास्तै नगरी पेसेन्जर उठाउने लोकलबसहरू, नियम नलाग्ने च्याउसरहका मोटरसाइकलहरू र हाइवेमा चलाउन नपाइने साइडलाइट र ब्रेकलाइट नभएका ट्रेलरयुक्त ट्रेक्टर र पावरट्रेृलरहरू छ लेनको सडकमा निर्बाध चलाउने बानीलाई सुधार गर्नुपर्ने खाँचो र समस्याबीच सरकारले नै नयाँ समस्या खडा गरिदिएको छ । त्यो हो त्यति राम्रो सडकमा ६० किलोमिटर प्रतिघन्टाभन्दा बढी रफ्तारमा सवारी साधन चलाउन नपाइने, चलाएमा लाइसेन्स प्वाल पार्न बग्गीखाना जानुपर्ने नयाँ हास्यास्पद ट्राफिक नियम । त्यति राम्रो चिल्लो सडकमा विदेशमा झैँ न्यूनतम गति ६० किलोमिटर प्रतिघन्टा हुनुपर्नेमा त्यसैलाई अधिकतम सीमा बनाइएको छ । यो अनौठो, हास्यास्पद र लज्जास्पद बुद्धि हाम्रा नीतिनिर्माताहरूले कहाँबाट सापटी लिएका होलान् ?

नेपालमा सरकारले यस्तो नियम बनाउने कुरा थाहा पाएको हुँदो हो त  सायदै जापान सरकारले छ लेनको बाटो बनाइदिन्थ्यो होला । चीन सरकारले ठूलो सदासयता देखाएर नेपाल सरकारलाई उपहार दिएको ट्रलीबस, भृकुटी कागज कारखाना, बाँसबारी छाला तथा जुत्ता कारखाना र हरिसिद्धि इँटाटायल कारखानालाई विगतमा हामीले ‘बोकाको मुखमा कुभिन्डो’ बनाइसकेका थियौँ । सायद त्यही नियति भोग्नुपर्ने होला बिचरा छ लेन सडकले ।

हाम्रो ट्राफिक नियम पनि बडो बिचित्रको छ । रिङरोडको भीडमा अनि सूर्यविनायकबाट साँगातिर हुइँकिँदाचाहिँ गतिको सीमा छैन । त्यहाँ प्रतिघन्टा ७०, ८०, ९० किलोमिटरमा पनि गुडाउन पाइने, तर सजिलो बाटोमा चाहिँ ६० किलोमिटरभन्दा कममा हाँक्नुपर्ने रे ! छ लेनको त्यति राम्रो चिल्लो सडकमा पनि ६० किलोमिटरभन्दा बढी गतिमा हाँक्न नपाइने नियम लागू गर्ने हो भने पहिले सरकारले पाँचवटा गियर भएको हलुका सवारी–साधनको आयातमा नै प्रतिबन्ध लगाउनुपर्ने हुन्छ । किनभने त्यस सडकमा कसैले ५ नम्बर गियरमा ६० किलोमिटरभन्दा कम गतिमा सवारी–साधन गुडाएर देखाइदिनुपर्थ्यो । त्यो १० किलोमिटरमा गुड्ने करिब ८०–९० गतिमा हाँकिने हलुका सवारी हजारौँ गाडीहरूले बाध्यतावश कम रफ्तारमा सवारी साधन चलाउँदा निश्चित रूपले इन्धनको खपतमा वृद्धि हुने हुन्छ । यसबाट इन्डियन आयल कर्पोरेसनलाई नै फाइदा हुने हो ! हाम्रो देशले जेजस्तो नियम बनाए पनि अन्ततोगत्वा छिमेकी मित्रराष्ट्रलाई नै फाइदा हुने नियम बनाउनुपर्ने बाध्यता हाम्रो नियत हो वा नियति ? भगवान् जानून् !

छ लेनको नमुना त्यस सडकमा गतिको सीमितताको नियम मोटरसाइकललाई मात्र लगाइएको भए तैबिसेक हुन्थ्यो, तर एकमुस्ट सबै सवारी–साधनका लागि लगाउँदा विचार गर्नुपर्ने थियो । त्यस सडकमा अर्को थप गल्ती हुन लागिरहेको छ । त्यो हो सडकको बीचबीचमा निर्माण भइरहेको पैदलयात्रुका लागि बन्ने फ्लाइओभर हेड ब्रिजको उचाइ । ती पुलहरूको उचाइ पर्याप्त छैन । हामीले हेक्का राख्नुपर्ने कुरा के हो भने छ लेनको सडक सहरभित्रको सडक होइन । रिङरोडभित्रको सडक नभएर त्यो हाइवेको एक खण्ड हो । माथिल्लो तामाकोसी जस्ता ठूलाठूला जलविद्युत आयोजनाहरूको निर्माण हुन बाँकी नै छ । त्यस्ता आयोजनाहरू निर्माण गर्दा वा ठूला उद्योगहरू स्थापना गर्दा ठूलाठूला यन्त्र–उपकरणहरूको ढुवानी गर्नुपर्ने हुन्छ । त्यस्ता हेभी इक्विपमेन्ट ढुवानी गर्नुपर्दा के ती कम उचाइका ओभरहेड ब्रिजहरू भत्काउने ? यो अदूरदर्शी निर्णय गर्नेहरूको घैँटोमा कहिल्यै घाम नलाग्ने नै हो त ?

यो दुर्लभ नूतन सडकमा बनाइएको ट्राफिक लाइट नमिल्नु अर्थात् पहेंलो बत्तीको अवधि ज्यादै कम समयको हुनु आदिलाई त सामान्य त्रुटि नै मान्नुपर्ने हुन्छ । ६० किलोमिटरभन्दा कममा हाँक्नुपर्ने त्यस सडकमा अन्य जीवजन्तुहरू कुकुर, बस्तुभाउ आदिलाई भने कुनै ट्राफिक नियम लाग्दैन । ती जीवजन्तुहरूको सौभाग्य नै भन्नुपर्छ भर्खर–भर्खर आफ्ना गाउँहरूलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्नमा गर्व गर्ने हाम्रो देशका ती जीवहरू अझै नियममुक्त प्राणीका रूपमा निर्बाध विचरण गर्न पाएका छन् । कुकुरहरूले पर्दामुक्त क्रीडा आदि गर्न पाएकै छन् । गाउँहरूलाई दिसामुक्त क्षेत्र घोषणा गर्न तल्लीन एनजीओ र सरकारलाई के सुझाव दिन चाहन्छु भने कमसेकम गहनाजस्तो चिल्लो त्यो छ लेनको सडकलाई गोबरमुक्त सडक भनेर घोषणा गर्न सके हुन्थ्यो । नत्र त्यो छ लेनको सडक पनि हाम्रा लागि ‘बोकाको मुखमा कुभिन्डो’ नै हुन के बेर !

 
Leave a comment

Posted by on March 15, 2013 in EXPRESSIONS

 

ट्रकबस साहित्य र इ–साहित्य

- मुकुन्दप्रसाद उपाध्याय

नेपाली साहित्यभित्र मौलाएका अनेक विधाहरूमा काव्यविधा साहित्यको प्राणका रूपमा रहेको छ। यो प्राणको उपप्राणका रूपमा काव्यभित्र गीत, गजल, मुक्तक, सायरी, हाइकु आदि विधाहरू पनि झाङ्गिएका छन्। यी नेपाली वाङ्मयका उपप्राणरूपी विधाहरूको सँगालो — क्वाँटीका रूपमा अर्को एउटा विधा पनि मौलाएकै मान्नुपर्छ, त्यो हो ट्रकबस साहित्य। नेपाल (र भारतमा पनि) का राजमार्गमा गुड्ने प्रायः सबै ट्रकबसको पछाडि दुई साइडलाइटको बीचको भाग यस्तै काव्यसिर्जनाहरूले भरिएको पाइन्छ। त्यहाँ हिन्दी, नेपाली, मैथिली र नेवारी भाषामा सायरी, मुक्तक, हाइकु आदि पढ्न पाइन्छ र कतिपय सिर्जना नितान्त मौलिकसमेत रहेको प्रतीत हुन्छ। तर दुर्भाग्य, त्यस्ता मौलिक सिर्जनाको स्रष्टा भने अज्ञात हुन्छ। उसको नाम–ठेगाना इतिहासको बहावमा विस्मृत छाल बराबर तुहिने क्रम जारी छ।

केही दिनअघि साँझपख भक्तपुरबाट धुलिखेल फर्कने क्रममा साँगाको उकालोमा अगाडिको ट्रकको गति कम हुँदा दुइटा ट्रकको पछाडिको लेखन पढ्ने सौभाग्य प्राप्त भयो। त्यसमध्ये एउटा थियो —

न आमाको माया, न बाबुको प्यार

ड्राइभरको जिन्दगी बेकार छ यार

त्यस्तै अर्को थियो —

भोकले भन्दैन चामलको भात

प्रेमले भन्दैन कहिल्यै जातभात

अनि निद्राले भन्दैन मसानघाट

यी दुई सिर्जना समसामयिक, मार्मिक र सुन्दर छन्। तर यसको अँध्यारो पक्षचाहिँ के हो भने यिनको मौलिक रचनाकारचाहिँ अज्ञात छ। त्यो पढेर मैले गम खाएँ अनि गम्न थालेँ — म त कुनै कवि होइन, न मूद्र्धन्य स्रष्टा नै। मेरो ठाउँमा देशका प्रतिष्ठित कवि कोही हुँदो हो त उसको मनमा कस्ता वैचारिक तरङ्गहरू उठ्थे होलान् ? यो सिर्जनाले उसलाई के प्रेरणा मिल्थ्यो होला ? कुनै आसुकवि भएको भए यी दुई सिर्जनाले थप नयाँ रचना स्फुरित हुन्थ्यो होला। आदिकवि भानुभक्तले आफ्नो जीवनमा बसट्रक देख्न पाएनन्। त्यसैले उनले प्रेरणा लिनुप¥यो घाँसीबाट। वर्तमानका कुनै नवागन्तुक मेरो ठाउँमा हुन् त उनले कस्तो कविता कोर्थे होलान् त ? सायद उनी लेख्थे होलान् —

भरजन्म स्टेयरिङ र ब्रेकमा ध्यान दिएर केही सीप कमायो

सिर्जनात्मक काम केही गरूँ भनेर ट्रकमा कविता बनायो

यातायात मजदुर त हो तर सिर्जना कस्तो ?

म स्थापित स्रष्टा भएर पनि आज यस्तो

मलाई लाग्यो अचेल दुई–चार शब्द खेलाउनासाथ नवोदित स्रष्टालाई गाउँ, टोल र जिल्लाहरूमा स्रष्टाको पगरी गुथाएर सम्मान गर्ने, दोसल्ला ओढाइदिने नवीन संस्कृति मौलाएको छ। यस्तो वर्तमान परिवेशमा ट्रकबसका पछाडि कोरिएका यस्ता रचनाहरूका स्रष्टालाई खोजी–खोजी तिनलाई पनि सम्मान गर्नुपर्ने होइन त ? यस दिशामा नेपाल प्रज्ञाप्रतिष्ठानलगायत अन्य साहित्यिक प्रतिष्ठानहरूको ध्यान जानुपर्ने होइन र ?

नेपाली साहित्यको इतिहासमा स्थापित भइसकेको यो बसट्रक साहित्यिक विधालाई अझ व्यवस्थित गर्नुपर्ने साहित्यानुरागीहरूको आग्रह अस्वाभाविक होइन। यसका साथै अब साहित्यिक प्रतिष्ठानहरूले अर्को नवीन विधातिर पनि ध्यान दिनुपर्ने बेला भइसकेको छ। त्यो हो इ–साहित्य। वर्तमान युग सूचना–प्रविधिको युग हो। इ–कमर्स, इ–बिजनेस, इ–बैङ्किङ आदि स्थापित भइसकेका छन्। हरेक युवायुवतीका हातहातमा मोबाइल, आइफोन, ल्यापटप, पामटप, आइप्याड आउन थालेको छ। फेसबुक, ट्विटर, ब्लग आदिमा नवीन विचार, नवीन दर्शन र नवीन रचनाहरू आउन थालिसकेका छन्। फेसबुक र ब्लगमा अभिव्यक्त समसामयिक विचारहरू पनि नूतन सामग्रीका रूपमा स्थापित हुने नै छन्। गत वर्ष अर्थसचिव रामेश्वर खनालले गलत राजनीतिक संस्कृति र दलीय हस्तक्षेपका कारण पदबाट राजिनामा दिएपछि फेसबुकमा लेख्नुभएका धारणाहरू अब्बल साहित्यका खुराकहरू थिए भने भारतमा हालसालै सिनेकलाकार राजेश खन्नाको निधन र शत्रुघ्न सिन्हाको सघन उपचारपछि अभिनेता अमिताभ बच्चनले आफ्नो ब्लगमा लेखेका विचारहरू गहन मर्मस्पर्शी र चिन्तनहरू हुन्। यिनीहरूजस्तै चिन्तनको सँगालो नै हो साहित्य भनेको।

नेपाली वाङ्मयको क्षितिजमा इ–साहित्य विधाले जोडदार दस्तक दिइरहेको छ। हामीले आफ्नो कान थुनेर वा आँखा चिम्लेर बस्न सक्ने अवस्था छैन। अब हाम्रा साहित्यसम्बन्धी राष्ट्रिय प्रतिष्ठानहरूले, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय नेपाली विभागले, मदन पुस्तकालय आदिले समयमै यतातिर पनि ध्यान दिनुपर्ने बेला भइसकेको छ जस्तो लाग्छ। फेसबुक, ब्लग आदिको उपयोग गर्ने क्रममा राज्यले पनि त्यससम्बन्धी कानुनहरू ल्याएर त्यसलाई व्यवस्थित गर्दै लगेन भनेचाहिँ उच्छृङ्खलता र अश्लीलतातिर उन्मुख हुँदै जानेछ अनि हठात् राज्यले यस्ता प्रविधिहरूमाथि नै प्रतिबन्ध लगाउनुपर्ने आवाजहरू उठ्न थाल्नेछन्। यसबारे सचेत नागरिकहरूबाट समयमै सचेतताको अपेक्षा गर्न सकिन्छ।

 
Leave a comment

Posted by on September 20, 2012 in EXPRESSIONS

 

Editorial

KUFIT sustains the commitment to continue though our appearance of late has been intermittent. This is one of the several good things we do and aspire to do in the University. So, our delay is reasonable.We promise not to fail. And we will keep on asking you to contribute by writing, by reading and by letting your own circle of friends know that we have this small platform.

We heartily thank our regular contributors. They have kept their promises despite having the same extent of engagement as we. They have helped us keep the zeal for keeping the forum alive. They have helped make it more professional and interdisciplinary by providing us diversity of themes and subjects.

We present KUFIT in a new template and platform. The previous site reportedly failed to open in certain places, and that some antiviruses blocked it. We hope the present site is more accessible. We hope it serves the purpose of intellectual engagements.

We expect your feedback.

In this issue:

1. The Omnipresent Force by Pushpa Raj Adhikary

2. सोमरस भनेको मदिरा नै हो त? by Mukunda Upadhyaya

3. Open and Distance Learning in Nepal... by Khagendra Acharya

4. अन्तरिक्ष-विज्ञान सम्बन्धमा केही चर्चा by Nirmala Mani Adhikary

5. Breathtaking Beijing by Kashiraj Pandey

6. On Identity by Hem Raj Kafle

 
Leave a comment

Posted by on July 22, 2012 in Editorial, KUFIT MAG

 

The Omnipresent Force

- Pushpa Raj Adhikary

We call the pull of the earth on the bodies the force of gravity. The measure of this pull is called the weight of the body. There is no escape from the gravity and its eternal laws are valid even in the remotest parts of the universe. It equally pervades vacuum and the densest substance. There is no way of shielding from it or acting on it. Its action is less and less when we move away from earth but does not vanish completely. Gravity makes rivers flow down to the sea, keeps the atmosphere around the earth, and is the cause of tides in the oceans. We have to use force to overcome gravity if we want to move away from the earth.

Since time immemorial, living beings had to reckon with gravity, and learned to adapt to it. The force of gravity, which makes everything move towards it, was unexplained for ages. The first man to develop a scientific theory of gravity and apply it to study of the universe was the great Englishman, Sir Isaac Newton.

The anecdote that Newton discovered the law of gravity by watching an apple fall from a tree may or may not be true. It has been said that he invented this story to get rid of people demanding explanation of just how he discovered the great law. Today, any high school student knows this law with such an ease that it seems strange indeed that there was a time when learned men had not the slightest idea about it. However, it is not as it may appear to us and it took the genius of Newton to discover it.

Newton’s studies convinced him that not only earth attracts an apple but an apple also attracts the earth. In fact, every material body attracts other material bodies towards it. But then why the apple moves towards the earth but not the earth towards the apple? This attraction or pull or force exists between the earth and all heavenly bodies too. This is known as the force of gravitation.Any material object attracts all other material objects and this attraction is in proportion to the weight of an object. The heavier a body, the stronger is the attraction. The weight of the earth is enormous compared to the weight of an apple or a man. Hence, the attraction exerted by the earth on other objects is also very strong compared to the attraction of an apple on earth or by a man on earth. This attraction of the earth makes every body move towards earth. The attraction between two material bodies increases if they come closer or if their weights are increased.

About seventy years before Newton’s time, the great German Scientist Johannes Kepler discovered the law as how planets moved around the sun. But in Kepler’s time nobody knew why the planets moved as explained by him. Newton, with the help of the law of universal gravitation, could explain why the planets moved around the sun as explained by Kepler. The universal law of gravitation found another brilliant confirmation in the discovery of the planet Neptune. Astronomers had long discovered that the planet Uranus occasionally appeared to stray from its orbit. Sometimes it would slow down its motion and again it would go faster as if drawn by some invisible force. The law of gravitation predicted that the anomaly in the motion of Uranus was due to the presence of another planet farther from Uranus and soon astronomers discovered a new planet Neptune.

For many decades Newton’s theory of Gravitation appeared perfect. But then facts began to accumulate which could not be explained by the law of universal gravitation alone. One of these is the Seeliger paradox. This paradox goes this way. The universe is infinite and is infinitely variable. Its lifetime too, is unlimited. It is more or less filled with material bodies and so can be assumed to possess some mean density of matter. Seelinger decided to apply the universal law of gravitation to determine the gravitational force which an infinite universe would exert at any point within it. This force was found proportional to the radius of the universe. As the radius of the universe is infinite, so the force would be. But this is not the case. Does it mean that the law of Universal gravitation is not valid on universal scale?

Another phenomenon in which the conclusions of gravitational theory did not quite agree with observations was found in the displacement of the orbit if the planet Mercury. Very accurate calculations of the orbit of Mercury reveal that the point closer to the sun suffers a precession or displacement. For a long time this precession of the orbits of Mercury remained unexplained. It took a revolution in science to explain it, and the revolution was carried out by a young German Scientist, Albert Einstein.

It is a long known fact that if a gun fires at a distance we see the flash of light some time before we hear the sound. This tells us that sound travels in a far less speed that the light. It was possible to measure the speed of sound in the surface of the earth as 330 meters per second. But it is much harder to measure the speed of light because light travels with an incredible speed of 3,00000 kilometers per second. A ray of light can circle the earth in just over 0.1 second i.e. one tenth of a second. For a long time people were unable to measure the speed of light. It was finally measured by observing the eclipses of the satellites of the planet Jupiter from two points on earth’s orbit around the sun, when the earth was closed and farther from Jupiter. Today it is measured in laboratory conditions to a high degree of precession by means of rotating mirrors. In fact, not only light but all electromagnetic waves travel with light’s speed as the electromagnetic field moves through space.

But how do electromagnetic fields propagate through space? Does gravitational force also propagate through space in the form of gravitational field? If so, how fast does a gravitational field travel? As fast as sound in air, light in vacuum or with some other speed? Can the attraction between the bodies happen directly without the participation of the intervening medium? Do the gravitational force and gravitational field also propagate with the same speed of light or have a finite velocity? A new scientific theory was needed to explain the propagation of electromagnetic field through space and its foundation was laid in 1905-1915 by Albert Einstein in his special and general theories of relativity based on the geometries of Lobachevski and Riemann.

One of the fundamental conclusions of the special theory of relativity, which defines the interconnection between space and time, is the equivalence of mass and energy. The theory states that a moving body carries kinetic energy, hence its mass is greater than when it is at rest. The greater a body’s latent energy is, the greater is its mass. A cup of hot coffee is heavier than cold coffee in the same cup. The famous equation E=mc2 is Einstein’s formula of mass-energy equivalence.

But what is meant by a body’s mass? The mechanical concept of mass states that mass is a measure of a body’s inertia. Hence, mass can be expressed in terms of force and the acceleration which it imparts to the body. In physics, mass measured in this way is known as inertial mass. But mass can also be measured from Newton’s formula of gravitation. This mass of bodies which may be at rest relative to one another is known as gravitational mass. The physical interpretation of inertial and gravitational mass are different but quantitatively have, to date, been found to be the same no matter how they are measured. This led Einstein to think that inertia and gravitation must have a common origin. So, if a body’s inertial mass varies with the velocity of motion, then, he reasoned, the gravitational mass should also vary with the velocity of motion.

Einstein’s identification of inertia and gravity on the basis of the equality of inertial and gravitational mass of great significance. It enabled him, in 1915, to develop the general theory of relativity, which is the modern theory of gravitation. This modern theory offers a much more exact and profound explanation of the properties of the bodies than Newton’s theory. Einstein’s theory was a revolution in physics which provided explanation for many hitherto unexplained phenomena. But it would hardly be useful to present the theory in common language as it contains largely mathematical, extremely complicated equations belonging to the class of non-linear differential equations in spite of the clarity of its physical meaning.

 
Leave a comment

Posted by on July 20, 2012 in Science

 

सोमरस भनेको मदिरा नै हो त ?

- मुकुन्दप्रसाद उपाध्याय

मदिरापान एक्काइसौँ शताब्दीमा हरेक सम्भ्रान्त परिवारको संस्कृति बनिसकेको छ। मदिरापान गर्ने वर्गहरू आफूलाई सभ्य र सुसंस्कृत बताउँछन्। तर मदिरापान कुलीन वर्गको मात्र वर्गीय पहिचान होइन। सर्वहारादेखि सर्वमारासम्मको हरेक वर्गमा यो व्याप्त छ। वास्तवमा यो नसा हो, व्यसन हो। निम्नवर्गले निम्नकोटिको मदिरा सेवन गर्छन् त कुलीन या उच्चवर्गले उच्चकोटिको। फरक त्यत्ति हो। मेडिकल साइन्सले मदिरापान स्वास्थ्यका लागि हानिकारक प्रमाणित गरिसकेको छ।

हाम्रो समाजमा ब्राह्मणजाति बुज्रुक, अग्रज अनि चतुर र छट्टु जाति मानिन्छ। मदिरापानको कुलतमा फसेका यस जातिका विद्वान्हरू आफ्नो ज्ञान र विद्वत्ताको दुरुपयोग गर्दै ‘मदिरापान हाम्रो वैदिक संस्कृति हो, स्वर्गका देवताहरू पनि सोमरस पान गर्ने गर्थे’ भन्दै आफ्नो लतलाई उच्चता प्रदान गर्न उद्यत देखिन्छन्। के देवताहरूको प्रिय वस्तु, देवताहरूले पान गर्ने, वैदिक यज्ञमा चढाइने सोमरस पनि साँच्चिकै नसालु पेयपदार्थ नै थियो त ? यस लेखमा यसैको परिचर्चा गर्न खोजिएको छ।

हिन्दूधर्मलाई सनातनधर्म भनिन्छ। किनकि यो वेदविहित धर्म हो, अनि वेद अनादि, सनातन र अपौरुषेय हो। त्यसैले अचेल हाम्रो हिन्दूधर्मलाई सनातन वैदिक धर्म भनेर परिभाषित गर्ने गरिन्छ। वेद अनादि र अपौरुषेय भनेर जान्दाजान्दै पनि हाम्रा केही आध्यात्मिक चिन्तक, इतिहासकार र संस्कृतिविद्हरू वेदरचनाको कालखण्ड पहिल्याउनमा तल्लीन छन्। तिनको बुद्धिविलासका अनुसार तिनीहरूले ‘ऋग्वेद’ को रचनाकाल आजभन्दा ५ हजार वर्षदेखि ६ हजार वर्षका बीचमा रहेको अनुमान लगाएका छन्। ‘ऋग्वेद’ मा प्रमुख देवताका रूपमा इन्द्रको उपासना र स्तुति गरिएको छ। इन्द्रपछिका अन्य प्रमुख देवताहरूमा सूर्य, अग्नि, वरुण, वायु, मरुत्, अश्विनिकुमार, सोम, मित्र, विश्वदेव, ऋभु, वृहस्पति आदि छन्। यी सबै देवताहरूले सोमरस पान गर्ने गरेको कुरा ‘ऋग्वेद’ मा सयौँपटक आउँछ। ‘ऋग्वेद’ मा इन्द्रलाई सोमपान गर्नेहरूमध्ये धेरै सोमपान गर्ने देवताका रूपमा वर्णन गरिएको पाइन्छ। इन्द्रलाई देवताहरूका राजा, भोगविलासमा रमण गर्ने, सुरासुन्दरीप्रति आसक्त, इन्द्रियासक्त विषयी देवताका रूपमा पुराणहरूले समेत स्वीकारेका हुँदा ‘ऋग्वेद’ मा वर्णित इन्द्रले पान गर्ने, इन्द्रलाई मन पर्ने पेयपदार्थ सोमरसलाई मदिरा बताउनेहरूको तर्कलाई पनि ठाडै नकार्न सक्ने ठाउँ छैन।

तर यो शास्त्रको सतही बुझाइ र आफ्नो रुचिअनुसारको विश्लेषण हो जस्तो लाग्छ। मदिरालाई चलनचल्तीको भाषामा रक्सी भनिन्छ, शास्त्रमा सुरा पनि भनिन्छ, रसायनशास्त्रको भाषामा अल्कोहल भनिन्छ अनि अल्कोहलको मात्रामा र स्वादमा विविधताका दृष्टिले मदिराभित्र ह्विस्की, ब्रान्डी, रम, बियर, वाइन, जाँड, तोङ्वा अनि रूखबाट सोझै निकालिने खजुर र ताडी आदि सबै पर्दछन्। यी सबै मादक पेयहरू मूलभूत रूपमा तीन किसिमले बन्दछन् — (१) अन्नबाट बनाइन्छ, २. फलहरू र फूलहरू (महुवा आदि) बाट बनाइन्छ, अनि (३) विशेष प्रजातिको वृक्षलाई ताछेर त्यसको रस वा चोपबाट बनाइन्छ। यसरी बनाइने मदिराहरूमध्ये कुनचाहिँ मदिरा देवताहरूले पान गर्ने सोमरससँग मिल्दोजुल्दो छ त ? यो पनि चर्चाको विषय हुन सक्छ।

एकथरी सन्त–महात्माहरूले गरेको अभिभाषण वा प्रवचनमा ‘वेदवर्णित देवताहरूले पान गर्ने भनेको सोमरस मदिरा किमार्थ होइन, किनभने सोम भनेको चन्द्रमा हो र चन्द्रमाको शीतलतालाई पान गर्ने कामलाई नै सोमरसपान भनिएको हो’ भनेर अथ्र्याएको मैले सुनेको छु। नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान

(हालको नेपाल प्रज्ञाप्रतिष्ठान) द्वारा प्रकाशित ‘नेपाली वृहत् शब्दकोश’ मा ‘सोमरस’ लाई ‘सोमलता नामको लहराबाट निकालिने देवताहरूले पान गर्ने रस एवं सोमरसले झैँ मत्याउने पेयपदार्थ’ भनेर अर्थ लगाइएको छ। सोही शब्दकोशमा ‘सोमलता’ लाई चाहिँ ‘शुक्लपक्षमा दिनहुँ पातहरू पलाउने र कृष्णपक्षमा क्रमशः झर्दै गएर औँसीको दिनमा डाँठ मात्र बाँकी रहने हिमालयतिर पाइने एक लहरो’ भनिएको छ। शब्दकोशले उक्त लहरोको बोटानिकल नाम भने दिन सकेको छैन। यसरी शब्दकोशले परोक्ष रूपले सोमरसलाई मत्याउने पदार्थका रूपमा स्वीकारेको देखिन्छ। साथै उक्त शब्दकोशमा नै ‘सुरा’ शब्दको अर्थ दिने क्रममा ‘(१) रक्सी, मदिरा, मद्य, (२) सोमरस, (३) जल, पानी’ भनेर थप भ्रम सिर्जना गरिदिएको देखिन्छ।

यी प्रश्नहरू वा शङ्काहरूको निवारण गर्न फेरि वेदतिर नै जाऊँ। हिन्दूहरूको मात्र होइन, मानवजातिकै प्राचीनतम ग्रन्थका रूपमा ‘ऋग्वेद’ लाई मानिएको छ। यस कुरामा पाश्चात्य विद्वान्हरूको पनि विमति छैन। वेद विभिन्न समयमा विभिन्न ऋषिहरूले साक्षात्कार गरेका मन्त्रहरूको सङ्ग्रह हो। मन्त्रसङ्ख्याको दृष्टिले १०५५२ मन्त्रहरू भएको ‘ऋग्वेद’ लाई वेदहरूमध्येको जेठो र गहन मानिएको छ। वेदलाई संहिता, ब्राह्मण, आरण्यक र उपनिषद् गरी चार भागमा विभाजन गरिएअनुसार ‘ऋग्वेद’ का पनि चार भाग छन्। ऐतरेय र कौषीतकी यी दुई ‘ऋग्वेद’ का ब्राह्मण हुन्। आरण्यकहरूमा ऐतरेयारण्यक, साङ्ख्याउन र कौषीतकी गरी तीन आरण्यकहरू प्रसिद्ध छन्।

वेदका मन्त्रहरूलाई ऋचा भनिन्छ। ‘ऋग्वेद’ को पहिलो मण्डलको सूक्त २३ को २३० औँ ऋचामा ‘हे वायुदेव ! आऊ र यी दूध मिसाइएका कडा सोमरसहरू पान गर’ भनेर भनिएको प्रसङ्ग र सोही मण्डलको सूक्त ५ को ४५ औँ ऋचामा सोमरसलाई दहीमिश्रित पवित्र पदार्थका रूपमा उद्धृत गरिएबाट केही धार्मिक विद्वान्हरूले ‘ऋग्वेद’ मा वर्णित सोमरस पञ्चामृत हुन सक्ने तर्क अघि सारेका छन्। वैदिक कर्मकाण्डका यज्ञ, पूजा आदिमा सबै देवीदेवताहरूलाई पञ्चामृत अर्पण गरिन्छ, जुन पाँच पदार्थको मिश्रित झोल हो। ती पाँच पदार्थहरूमा गाईको दूध, गाईको दही, गाईको घिउ, सखर (वा चिनी) र मह पर्दछन्। ‘ऋग्वेद’ को बाँकी प्रसङ्गलाई बेवास्ता गरेर ती दुई ऋचाहरूलाई मात्र लिँदा सोमरसलाई हालको पञ्चामृतजस्तो रस भनेर भन्न सकिन्छ। तर अन्य प्रसङ्गहरूमा चाहिँ वनस्पति वा लतातिर बढी सङ्केत गरिएको छ।

‘ऋग्वेद’ कै प्रथम मण्डलको सूक्त ५ को ३७ औँ मन्त्रमा सोमरसलाई यज्ञको सम्पत्ति, नेताहरूलाई उत्साहित गर्ने, वहनशील, साथीहरूलाई आनन्द दिने, शीघ्र प्रभाव पार्ने भनेर वर्णन गरिएको छ। वेदको यो वर्णनमा रहेको ‘नेतृत्ववर्गलाई उत्साहित गर्ने, आनन्द दिने र शीघ्र प्रभाव पार्ने’ यी तीन गुण मदिराको गुणसँग मिल्ने भएकाले केही पण्डितहरूले मदिराको नाता सोमरससँग जोड्न खोजेको देखिन्छ।

‘ऋग्वेद’ को सूक्त २८ को ३१३ औँ मन्त्रमा ‘पिँध मोटो भएको ढुङ्गालाई माथि राखेर त्यहाँ ओखलमा पिसिएको सोमरस बारम्बार खाऊ’ भनेर इन्द्रको स्तुति गरिएकाले सोमरस ओखलमा पिसेर निकालिने रस रहेछ भन्ने बुझिन्छ। सोही सूक्तको ३१४ देखि ३२१ सम्मका ८ वटा मन्त्रहरूमा मुस्ली र ओखलबाट सोमरस उत्पादन हुने कुराको उल्लेख छ, अनि वृक्ष–वनस्पतिहरूको पनि उल्लेख भएको हुँदा कुनै वनस्पतिविशेषलाई ओखलमा पिसेर विशिष्ट प्रकारको मीठो रस निकालिने कुरो बुझिन्छ। चास्नीमा छानेर सोमरस निकाल्ने प्रविधिको समेत उल्लेख गरिएको छ। सूक्त ३० मा पुनः दूध मिसाइएको सोमरसको वर्णन छ। हाल चलनचल्तीमा खाइने रक्सी, बियर आदि विश्वमा कहीँ कतै पनि दूधसँग मिसाएर अथवा दहीसँग मिसाएर खाइने चलन छैन। त्यसैले मदिरासँग सोमरसको एकता स्थापित गर्न सकिँदैन। वेदवर्णित सोमरस उत्पादन गर्ने विधि र मदिरा उत्पादन गर्ने विधिमा पनि फरक छ। सोमरस निकाल्न ओखल, मुस्ली आदि प्रविधि पाइएकाले यो प्रविधि वनौषधि निकाल्ने आयुर्वेदिक प्रविधि रहेको प्रतीत हुन्छ।

‘ऋग्वेद’ को पहिलो मण्डलको ८९७ औँ ऋचामा सोमरसलाई शीतलता प्रदान गर्ने, आनन्द दिने र बल दिने भनिएको छ भने ९०४ औँ ऋचामा ‘ऋत्विक्हरूले इन्द्रको प्रसादका रूपमा सोमरस खाँदा साँच्चै नै तृप्त भएर आ–आफ्नो शरीर हल्लाए’ भनिएको छ। यहाँ ‘खाएर शरीर हल्लाए’ भनिएबाट सोमरस मादक पदार्थ हुन सक्ने अनुमान गरिएको हुन सक्छ। त्यस्तै त्यही मण्डलको ९०७ र ९०८ औँ ऋचामा इन्द्रलाई सोमरसले मनग्गे खुसी पारेको हुँदा ‘गएर आफ्नी पत्नीसँग पारिवारिक सुख प्राप्त गर’ भनिएबाट सोमरस पुष्टिवद्र्धक अति पौष्टिक पेय हो भन्ने अर्थबोध हुन्छ। यसै गरी अन्य ऋचाहरूमा पनि सोमरसलाई बल दिने, मीठो, स्वादिलो आदि विशेषण दिइएको छ।

यसरी शास्त्रहरूमा वर्णित सोमरसपान र सुरापान बिलकुलै फरक कुरा हुन् भनेर बुझ्नुुपर्ने हुन्छ। वेदमा उल्लिखित अश्वबलि र पशुबलिको साङ्केतिक अर्थ नबुझेर वर्तमान हिंसाप्रधान बलि र केही आदिवासी समाजमा प्रचलित नरबलिलाई वेदसँग जोड्ने धृष्टता गरिएजस्तै अचेलको मदिरालाई वैदिक सोमरससँग जोड्नु पनि धृष्टता नै हो। वेदमा धेरै ठाउँमा यज्ञलाई अहिंसामय यज्ञ भनेर बताइएबाट पनि पशुबलि वैदिक यज्ञको विरासत होइन भनेर बुझ्नुपर्ने थियो।

‘ऋग्वेद’ को प्रसङ्गबाट कतिसम्मचाहिँ प्रस्ट हुन्छ भने सोमरस सात्विक पेयपदार्थ हो जो देवताहरूले पान गर्दथे, यो यज्ञको एक अङ्ग पनि हो, कुनै खास वनस्पति वा लतालाई कुटेर त्यसको रस छानेर सोमरस बनाइन्थ्यो, जुन रस दही र दूधसँग मिसाएर सेवन गर्दा अझ बढी लाभदायक हुन्थ्यो। यज्ञमा सोमरस पान गर्न सबै वैदिक देवताहरू आउन आतुर हुने स्थितिलाई बुझ्दा केचाहिँ अर्थ लगाउन सकिन्छ भने सोमरस देवताहरू आफैँले उत्पादन गर्न नसक्ने तर मनुष्यहरूले उत्पादन गरेर देवतालाई अर्पण गर्न सक्ने झोल पदार्थ रहेछ।

‘महाभारत’ को उद्योगपर्वमा महात्मा विदुर र राजा धृतराष्ट्रबीचको संवाद छ जसलाई विदुरनीति पनि भनिन्छ। त्यसमा विदुरले एउटा राजाले सातवटा दुर्गुणबाट टाढै रहनु भनेर मद्यपानलाई पनि एउटा दुर्गुण बताएका छन्। भद्रपुरुषले मद्यपान गर्न हुँदैन भन्ने विदुरको ठहर छ। ऋग्वेदकालीन इन्द्र देवताका राजा, भगवान् विष्णुका अंशपुरुष भएका कारणले इन्द्रले पान गर्ने सोमरस मद्यपान हुने सम्भावना देखिँदैन।

‘श्रीमद्भगवद्गीता’ को सत्रौँ अध्यायमा श्रीकृष्णले अर्जुनलाई बताएको सात्विक, राजसी र तामसी खाद्यवस्तुको व्याख्याअनुसार मदिरा दुर्गन्धित, बासी, उच्छिष्ट मादक द्रव्य भएकाले त्यो तामसी भोजन हो। तामसी वस्तु वैदिक यज्ञमा चढ्ने या चढाइने कुरै भएन। परम्परागत रूपमा रक्सी सेवन गर्ने विश्वका केही आदिवासी जनजातिहरूले भौगोलिक विशिष्टताका कारण जाडोबाट बच्न रक्सी सेवन गर्ने गरेका र आफूले सेवन गरेको वस्तु आफ्ना इष्टदेवतालाई समेत अर्पण गर्ने गरेका कारण त्यो नै परम्परा बन्न गएको र देवतालाई पनि रक्सी चढाउन थालिएको कुरा बुझ्न सकिन्छ। तान्त्रिक पद्धतिमा पनि देवतालाई मदिरा चढाइन्छ, तर वैदिक पद्धतिमा मदिरा वर्जित छ र ब्राह्मण–क्षत्री मात्र चतुर र छट्टु जाति भएकाले तिनीहरूले आफूले सेवन गर्ने सबै वस्तु भगवान्लाई चढाउँदैनन् वा भनौँ देवताहरूलाई नचढ्ने अभक्ष वस्तुसमेत भक्षण गर्ने गरेका छन्।

वेदमा सोमयाग, राजसूययज्ञ, अश्वमेधयज्ञ आदि ठूला–ठूला यज्ञहरूमा सोमलतालाई पिसेर मन्त्रोच्चारणसहित सोमरस निकाली देवतालाई चढाउने प्रसङ्ग आउँछ। यो रस पुष्टिवद्र्धक, वीर्यवद्र्धक र पवित्र रस भएकाले देवताहरूलाई अर्पण गरिएको हुँदा ऋचाहरूको प्रसङ्ग, सन्दर्भ र सङ्केतलाई नबुझेर वा बढी बुझेर त्यो रसलाई सुरा वा मदिरा थियो भन्नु भनेको वेदका त्यस्तै मन्त्रहरू नबुझेर वा बढी बुझेर अश्वबलि र पशुबलिबाट बलिप्रथा र नरबलिप्रथा जस्ता गलत प्रथाहरूलाई परम्परा र धर्मको जलप लगाइदिएजस्तै हो भन्न सकिन्छ। प्रकृति वा ईश्वरका स्थलचर, जलचर र नभचर जीवहरूमध्ये अनि ब्रह्माजीका दस प्रकारका सृष्टिहरूमध्ये मानवजातिलाई उत्कृष्ट मानिएको छ। अन्य चराचुरुङ्गी र जीवजन्तुहरूभन्दा मानवलाई उत्कृष्ट बनाउने तàवका रूपमा मानवजातिलाई बुद्धि र विवेक दिइएको छ। त्यसैका कारण मानवजाति सिर्जनशील, कलाकार, चिन्तक, लेखक, अन्वेषक, वैज्ञानिक, दार्शनिक आदि बन्न सक्छन्, अन्य जीवहरू सक्तैनन्। यसरी प्रकृतिप्रदत्त बुद्धि र विवेकलाई केही क्षणका लागि विस्मृत गराई हामीलाई बुङ्गुर–सुँगुरजस्तो पशुतुल्य बनाउने मदिरा कसरी सोमरस हुन्छ होला त ? मानवभन्दा श्रेष्ठ सृष्टि रहेका देवताहरूले यज्ञमा कसरी मद्यपान गर्छन् होला त?

खाद्यप्रविधिसम्बन्धी विशेषज्ञहरू ह्विस्की, रम र ब्रान्डीबाहेक वाइनहरूमा १० देखि १३ प्रतिशतसम्म अल्कोहल हुने, बियरहरूमा ५ देखि ७ प्रतिशतसम्म (प्रिमियम बियरमा चाहिँ बढी) अल्कोहल हुने र टनिकहरूमा ५ प्रतिशतभन्दा कम अल्कोहल हुने कुरा बताउँछन्। सोमरस बन्ने सोमलता पनि एक प्रकारको लता भएकाले लतामा सुगर हुन्छ। त्यस्तो सुगर ग्लुकोजबाट नसालु पेय बनाइँदा पनि ५ प्रतिशतभन्दा बढी अल्कोहल हुने सम्भावना देखिँदैन।

यसरी हेर्दा सोमरस पुष्टिवद्र्धक, बलवद्र्धक र गुलियो, मीठो हुने हुँदा भिटामिन टनिकजस्तो पेय पदार्थ हुन सक्छ भन्न सकिन्छ, जसमा ४–५ प्रतिशत अल्कोहलको मात्रा रहनु अस्वाभाविक देखिँदैन। वनस्पति कुटेर सोमरस बनाइने हुँदा यो पेय पनि तराईतिरका वनस्पति खजुर र ताडीको रस, नरिवलको पानी जस्तो शीतलता दिने, मीठो, बल दिने र स्वादिलो पेय रहेछ भनेर बुझ्नुपर्ने हुन्छ, जसमा केही प्रतिशत अल्कोहलको मात्रा पनि हुन सक्छ भन्ने तर्कमा भने केही तुक भेटिन्छ।

 

 
1 Comment

Posted by on July 20, 2012 in Discourse

 

Open and Distance Learning (ODL) in Nepal: Prospects and Challenges

- Khagendra Acharya

In this article I discuss some of the aspects that pertain to Open and Distance Learning (ODL) in Nepali context. More specifically, drawing from the articles which explicate the prevalence of ODL in developing countries, I delineate on the prospects and challenges of ODL in Nepalese context. As such, the article aims to explore fundamental aspects of popularly designated alternative paths to the traditional mode of learning.

Background

Broadly, the beginning of ODL dates back to 18th Century due to the phenomenal advancement and innovation in transportation and communication heralded by industrial revolution. In Desmond Keegan’s account, ODL as alternative model of education started when technology made it feasible to separate teacher and learner from a fixed place, at a fixed time, to meet a fixed person, in order to be trained. An alternative account at micro level, i.e., at the level of individual, invokes the name of Isaac Pitrnan (in 1840 Britain) as the precursor of this mode with his initiation of modern correspondence education.

Started with correspondence mode, ODL is now agreed to have undergone notably four other stages namely multimedia model, tele-learning model, flexible learning model and interactive flexible learning model (Taylor). The proliferation suffices to prove why ODL has been so widely accepted in the western hemisphere and why European countries have established and recognized this method through European Distance Education Network (EDEN).

Compared to the genesis of ODL in the west, its official and documented history in South Asian Countries (SAC), however, carries shorter history. The table below shows the history of open and distance learning in the SAC (I have included only the State Universities which offer courses in ODL mode):

Table 1: History of Open University in SAC[1]

Country Year Institute
Afghanistan None
Bangladesh 1985 Bangladesh Institute of Distance Education (BIDE)/ Bangladesh Open University was established in 1992.
Bhutan None
India 1982 Dr. B.R. Ambedkar Open University (BRAOU), formerly known as Andhra Pradesh Open University/ The National Open University of India was established in 1985.
Maldives 1999 Tertiary Institute for Open Learning; the institute was under The Maldives National University
Pakistan 1974 Allama Iqbal Open University (AIOU)
Sri Lanka 1980 Open University of Sri Lanka (OUSC)

Though offered very lately, ODL in SAC has been gaining an increased attention and thereby a phenomenal growth in recent years. The change can best be described as the move of ODL from marginal to integral part of overall educational provision.

Introduction

In Nepalese context, ODL offered by the state’s own establishment carries no history in the sense that the government’s plan to establish Open University Nepal (OUN) has yet not been materialized. Hence, ODL in relation to OUN can be discussed only at the level of efforts made[2]. The government’s initial endeavour can be located in the very year when Nepali Government became a signatory of SAARC Consortium to Open and Distance Learning (SACODiL) in 1999. Wagle recall of the government’s effort for Open University also establishes 1990 as a starting point:

The MoE (Ministry of Education) itself constituted an Open Learning and Distance Education (OLDE) Committee in 1999 under the chairmanship of then Secretary of Education to suggest the government with modalities of OLDE in Nepal. The Committee comprising OLDE experts suggested the government with alternatives of programs and resources. (The Himalayan Times)

Nonetheless, the report, Wagle writes very sarcastically, must be gathering dust in some cabinet of the MoE even today. Since 1999 the agenda does not seem to have occupied any importance for around a decade. Exactly after eleven years, i.e., in October 2010, another notable [might be more optimistic effort from the government due to collaborative nature of the venture: MoE and Non-Resident Nepali Association (NRNA) have signed in the agreement to start Open University Nepal (OUN)] move appears visible. The proposed OUN has included the following major objectives:

  • Close the gap in higher education demand, currently unmet by the combined capacity of all the institutions, through open and distance mechanisms.
  • Take tertiary education to the rural, remote, and marginalized people of Nepal, especially women and Dalits, who are practically confined to the villages due to family obligations, social challenges, and financial constraints.
  • Provide opportunities for teachers and government employees who are unable to advance their education, skills and careers while living in rural and remote places, or to those who are unemployed.
  • Provide a mechanism to continue education for the youth who take temporary or permanent employment in foreign countries.
  • Advance a computer-based education to rural Nepal that relates to health, social-systems, productivity, economic improvement, and sustainability disciplines.

(Source: Rasali, Adhikari and Dhakal)

The outcome of the effort, however, has been only a ray of hope for the advocates of ODL. In a context when the plan is in incubation period, writing on the prospect of ODL might sound highly phantasmagoric. Here, I caution my readers not to harness total skepticism mainly for two reasons: first, the government of Nepal along with a promising partner has declared an Open University as a viable and appropriate means to provide mass access to tertiary education; second, ODL has already been in operation since the turn of century in Nepal through accredited universities such as Indira Gandhi National Open University (IGNOU).

Prospects

ODL by its nature carries promising features such as egalitarianism, equality of educational opportunities, flexible curricula (Peters). Consequently, the mode bears significant potential to widen access to higher education which in Nepalese context has appeared very tough due to various constrains. The following elements appear to create noteworthy scope for ODL.

Availability of Learners

The inability of Nepali government to tackle the consequences of diversity, whether prevalent in the form of extreme economic disparity or geographical inaccessibility or socio-political hierarchies, had stood as a major barrier for a large population in appropriate access to education. Education opportunities were inappropriately decentralized, if not totally centralized, and thus any individual other than well-to-do economic status could not get enrolled for higher qualification. I vividly remember my father narrating his odyssey to Dharan from Khotang to study intermediate level. Many people who could not afford to make such bold decision (I am sure this number is large) could hardly own even fundamental qualifications required to take hold of opportunities which were available. And, the situation is true even now: they cannot claim for any of the provisions made by the governments firstly (though scantily) after the restoration of Democracy in 1991 and secondly after the end of Maoist Armed Conflict in 2005.

A very paradoxical situation ensnares these people now: they have opportunities but not the required qualifications. The situation thereby produces foundational reason to demand for educational qualification which does not look viable through traditional mode of education. The availability of learners due to this necessity has further increased at the acceleration of peace process. We have a large number of cadres who had joined Maoist revolution after 1996 leaving their studies are now in need of education as they have been placed back to society. The two-fold availability, along with other elements such as outbound mobility of students for foreign universities, would be productive factors in pulling learners to ODL mechanism.

Ample Libraries

Libraries in Nepal have grown phenomenally especially after the restoration of Democracy in 1991. Now, we live the condition neither of a group of young students in 1930 who were charged of sedition as they applied for permission to start a public library (the Sarawasti Public Library) nor of students who suffered in 1960 when the king dismissed Nepal’s first elected government and closed public libraries established in the fifties. As the study of Koirala and Bird has outlined, post 1991 has provided appropriate environment for, “re-opening of a number of rural community libraries which were closed during monarchy”. Similarly, a large number of INGOs such as Room to Read, and Read Nepal have been asking for government’s permission to “support for community libraries”. Consequently, the number of libraries in Nepal has increased from about 400 in 1990 to about 800 in 2003 (Shrestha qtd in Koirala and Bird 120). The quality and quantity of library has further been enhanced both by INGOs like Rural Development and Education (READ) and Room to Read, and by foreign mission libraries such as the American Library, British Council Learning Centre, Bharat Sanskritic Kendra.

Though all the libraries, especially the ones located in rural areas, might not have ample and appropriate books, their infrastructure can be used for ODL.

Contribution from Diaspora

One of the most optimistic aspects in ODL comes from the promise of contribution from Nepali diaspora. The diaspora, like the population of this type elsewhere, undergo ambivalent position: on the one hand, they meagerly wish to return their home country but on the other, they wish to see the country prospered and plan to contribute without returning. Rasali, Adhikari and Dhakal have fairly outlined the nature of potential input from the Diaspora due to their empathy for people at home:

There are a sizable number of highly qualified academics and professionals among Nepalese Diaspora, who are eager to help their motherland. Having benefited originally from the Nepal’s investment in public education and having had a first-hand experience of her needs, many of them are also eager to give back to the native land. Several members of this Diaspora group have themselves experienced the hopelessness caused by poverty, have walked barefoot to attend schools in the mountains and plains, and have faced acute shortage of books and other educational facilities when they pursued their education in Nepal.  As many of them have succeeded in obtaining world class education in spite of these insurmountable barriers, they understand the pain and frustrations of the rural poor and marginalized groups and their struggle for education, and know that success is still possible. Because of these reasons, they are well suited to help education in Nepal through open and distance learning and support the neediest groups.

The agreement made in October 2010 (it has already been mentioned) stands as a remarkable gesture of the potential.

Challenges

Challenges in ODL are inherent to the characteristics of this mode. Since it espouses values of flexibility and accessibility, it assumes learners to have sense of both autonomy and responsibility for learning. Before I discuss on the problems that start due to the collusion of two elements, I find it worthy to quote Rennie and Mason’s conclusion on the impediments in distance and distributed learning in Nepal and Bhutan:

Firstly, Internet access is improving rapidly, but is still generally too weak and inconsistent to allow any reliance on net-based learning solutions. Secondly, the academic culture is resistant to the recognition of the value of open-learning degrees, with subsequent difficulties in re-designing course materials for a more educationally flexible, student-centred learning environment.

Certainly, the ambivalent position of scholars[3] on the degree from ODL and the problems of internet access for learners account as major impediments. Leaving aside the skepticism of these scholars, I concentrate on other more important factors which make ODL more challenging. One of them, as already mentioned props up from the dialectics of autonomy and responsibility. In Nepalese context, learners’ autonomy which should be curbed by the sense of responsibility exists in very peculiar situation. Learner’s sense of autonomy often overrides their sense of responsibility. Simply stated, many learners tend to carry no responsibility in pedagogic assumptions in ODL. In turn, the tendency might culminate in using ODL as mere formality for awarding and getting certificate.

Unconducive Political Environment

Political environment in Nepal especially after the restoration of Democracy in 1991 has been constantly unstable. The phenomena such as frequent change of governments and thereby blockage of policies formulated by former government has been hindrance for any initiative. Institutions which are already in operation do not generally suffer; but the institutions like OUN which are in the making face major hindrance due to political instability. Wagle’s account succinctly presents this problem:

The education minister makes the commitment, but how long will he stay in the MoE? By the time the university bill is passed by the parliament, he may already have been out of the government because of the fluid politics of Nepal. That means another minister would have to understand the whole process again.

Lack of Electrification

ODL relies heavily on advancement and proliferated use of media and communication. More specifically, educationists need to rely on novel methods of imparting knowledge such as the internet and e-mail, telephone, CD-Roms, print materials, video cassettes and video-conferencing. All these devices need uninterrupted supply of electricity, which in Nepalese context sounds highly unlikely. Power cut has been so severe that electricity avails to us in many months only for around 6-8 hours.

Conclusion

The proliferation and thereby acknowledgement of ODL both in developing and developed countries imply the mode’s significant potential. However, this does not mean that ODL will replace the traditional mode as euphorically supposed by scholars such as Ramanujam, “the present dominance of  campus based higher education may become a thing of the past perhaps by the middle of the next century, if not earlier than that” (126). In the developing countries like Nepal, ODL has apparent scope due to the availability of learners, accessibility to libraries and promise from prospective collaborators. But, we have challenges such as unconducive political environment, lack of electrification, skepticism from some scholars regarding the strength of degree making the task of tackling almost herculean.

Works Referred


[1]  I have relied heavily on internet sites though I have cross-checked many sites, I regret any discrepancies.

[2] Read Prof. Mana Wagle’s articles for the endeavours put by private sector for establishing Open University at http://www.thehimalayantimes.com/fullNews.php?headline=Open+University+&NewsID=283434.

[3] Some scholars blindly believe that anyone who has acquired degree through distance mode does not have skills as much as it is required for being in the profession. Though ridiculous due to over generalizing and egoistic tendency in the argument, we still have this population in academia.

 
2 Comments

Posted by on July 20, 2012 in Discourse

 
 
Follow

Get every new post delivered to your Inbox.

Join 1,247 other followers